धरान: आज बिहानै धरानमा २०६ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार विभिन्न वडाका गरि कुल २०६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनका अनुसार आइतबार एन्फा क्वारेन्टिनमा र वीपी प्रतिष्ठानमा स्वाब संकलन भएकाहरुको रिपोर्ट आएको हो । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २ हजार २ सय १३ पुगेको छ ।