ओखलढुंगा:ओखलढुंगाको मानेभञ्ज्याङ ७ हर्कपुरका २ बर्षीय प्रमेश कार्कीको लडेर मृत्यु भएको छ ।

आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए । वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।