धरान: उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा १ का ८३ बर्षीय पुरुष छन् । उनको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोगहरु पनि भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक कार्तिक ३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।