मोरङ: भन्सार छलेर ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।

हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेर भन्सार कार्यालयमा बुझाएको हो । भारतीय सिमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको छ। विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौकबाट थप ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको छ।

प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको जनाएको छ । जोगबनी बस्दै आएका रायले विराटनगरको घाँसचोकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छलेर लत्ता कपडा ल्याउने र स्टोर गरी राख्दै आएका थिए । उनलाई हिजो बेलुका सवा ८ बजे उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान अन्तर्गत चोरी निकासी, पैठारी रोक्न विशेष कदम चालिए जिल्ला प्रहरी कार्यालय मोरंगको भनाई छ । भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।