मोरङ: जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ धनपालथान ७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन् । उनीहरुलाई हिजो राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका तिनै जनाले २०७६ साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीयालाई जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।