विराटनगर: जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।