धरान: कोरोना महामारीले गर्दा समस्या परेका विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई धरान ५ स्थित हाम्रो युवा समाजले राहत वितरण गरेको छ ।

समाजले आज बिहिबार वडा न. ५ को विभिन्न क्षेत्रका ५५ घर परिवारले राहत वितरण गरेको हो । ती मध्ये ४ परिवार गएको बर्षामा बाढीबाट पीडित परिवार पनि छन् । कोरोना महामारीले गर्दा विपन्न, अपांग, अशक्त, वृद्धवृद्धा र एकल महिलाका परिवारलाई आर्थिक समस्या भएको र गुजारा चलाउनै समस्या भइरहेको कारण राहत विरतण गरिएको समाजका अध्यक्ष दिपक घिसिङले बताए । उनका अनुसार धरान र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर करिब १ लाख बराबरको राहत विरतण गरिएको हो ।

राहत वितरण कार्यक्रमको प्रमुख अतिथि सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई रहेका थिए भने बिशेष अतिथि प्रदेश सांसद उमिता बराइली रहेका थिए । सांसद राईले राज्यले गर्नुपर्ने राहत वितरण समाजका युवाहरुले गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । बिशेष अतिथि एवं प्रदेश सांसद बराइलीले पनि महामारीको बेला युवाहरु मिलेर राहत दिएको भन्दै धन्यवाद दिइन् ।

rahat, 2

समाजका अध्यक्ष घिसिङका अनुसार देवीगाउँ र निशानेका ११ घर परिवारलाई राहत दिइएको छ भने साउने र खैरेनीका ८ परिवार छन् । यस्तै, झरना चोक, माथिल्लो देउराली, तल्लो देउराली र बीच देउरालीका बासिन्दाहरुलाई पनि राहत वितरण गरिएको उनले जानकारी दिए । ‘किसान चोकमा आधा परिवारलाई कार्यक्रम गरेर नै राहत दियौं, अन्यलाई घर घरमै पुर्यायौं,’उनले भने । राहतमा प्रत्येक परिवारलई २० किलोको एक बोरा चामल र १ पोका तेल वितरण गरिएको थियो । समाजले विगतमा पनि बार्षिकरुपमा रक्तदान, राहत वितरण लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको थियो ।

समाजका अनुसार राहतको लागि रमेश तामाङ (हाल युके), सुस्मितारमन्जिल लिम्बु (अमेरिका ),खेमकला राई हाल (अष्ट्रियला), निरज राई (जापान), छुजुङ भोटे (इटहरी), गिता राई (कुवेत), ज्ञानु गुरूङ (धरान), योमान लिम्बु (कतार), कबिता मगर (दुबाइ), माया रकासी राई (कुवेतरसाउदी), जिवन तिम्सिना (दुबाइ), आसा राई (औमन ), कौसिला लिम्बु राई (धरान ), जोसन लिम्बु (इन्डिया ) अप्सारा राई (धरान ), शुक्र न्यापाने ( धरान), टाइसन लिम्बु (इटहरी), तिला युङ्मि (काठमान्डौ)ले सहयोग गरेका थिए ।

rahat 3