धरान: कोरोना संक्रमित ५ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको सुन्दर हरैचाका शिशुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको हिजो साँझ ७ बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतक छोरी हुन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई हिजो संक्रमण पुष्टि भएको थियो भने उनलाई हिजो नै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक बच्चालाई ब्रेन सम्बन्धी रोगको समस्या भएको पनि प्रतिष्ठानले जनाएको छ ।