धरान: प्रदेश १ मा आज ३८९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकाहरुमा २३२ जना पुरुष छन् भने १५७ जना महिला छन् । मोरङको विराटनगरमा १०७ महिला र ११८ पुरुष गरि २२५ जनामा संक्रमण देखिएको छ भने बेलबारीमा १ महिला, सुन्दर हरैचा नगरपालिकामा १ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथानमा १ पुरुष, लेटांगमा ४ महिला र २ पुरुष, रतुवामाईमा ३ महिला, बुढीगंगामा १ महिला र २ पुरुष, सुनवर्षीमा १ पुरुष, धनपालथानमा १ महिला र ४ पुरुष, जहदामा १ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, उर्लाबारीमा ५ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, २ जनाको ठेगाना नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा २१ महिला र २२ पुरुष गरि ४३ जनामा संक्रमण पुष्टि भएको छ भने इटहरीमा ४ महिला र ६ पुरुष, बराहक्षेत्रमा १ पुरुष, रामधुनीमा १ पुरुष, इनरुवामा ३ पुरुष, दुहबी र बर्जुमा पनि १, १ जना पुरुषमा संक्रमण देखिएको छ । यसैगरि, झापाको दमकमा २ महिला र ९ पुरुष, गौरादहमा २ महिला र ८ पुरुष, विर्तामोडमा २ महिलार ९ पुरुष, अर्जुनधारामा १ महिला र १ पुरुष, कन्काईमा १ पुरुष, कमल गाउँपालिकामा १ पुरुष, मेची नगरमा २ पुरुष, बाह्रदशीमा १ पुरुष, शिवसताक्षीमा १ पुरुष र ठेगाना नखुलेको १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

इलामको माई जोगमाई गाउँपालिकामा ६ पुरुष, इलाम नगरमा १ महिला, चुलाचुली गाउँपालिकामा १ पुरुष र १ जना ठेगाना नखुलेका महिलामा पनि संक्रमण देखिएको छ । खोटांगमा १ जना ठेगाना खुलेका महिलामा संक्रमण पुष्टि भएको छ भने सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १ पुरुष, संखुवासभाको चैनपुरमा १ पुरुष, तेह्रथुमको म्याङलुङ नगरपालिकामा १ महिला, उदयपुरको त्रियुगा नगरपालिकामा १ महिला पनि संक्रमण पुष्टि भएको छ भने प्रदेश बाहिरका जिल्लाका ४ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।