धरान: धरान रन र धरान पोजेटिभ समुहको सहकार्यमा स्थापना भएको एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषबाट यसपटक खाद्यान्न वितरण गरिएको छ ।

विगतमा शैक्षिक सामग्रीहरु वितरण गरिदै आए पनि कोभिडको कारण पढाई प्रभावित भएकोले यसपटक ती बालबालिकाहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको हो । अक्षय कोषको ब्याजको रकमले सहयोग गरिदै आएको छ । समुहले यसपटक सुनसरी भरिका २५ परिवारलाई खाद्यान्न वितरण गरेको जनाएको छ । प्रत्येक परिवारलाई २५ केजी चामल र दाल, नुन, तेल, मटर, चना, मस्यौरा र चिनी सबै एक एक केजी दिइएको समुहले जनाएको छ । सबै खाद्यान्न करिब ८५ हजार रुपैया बराबर रहेको अध्यक्ष खगेन्द्र खड्काले जानकारी दिए । यो अक्षय कोष स्थापना २०७२ सालमा स्थापना भएको हो । समुहको कार्यालयमा खाद्यान्न वितरण गरिएको थियो । खाद्यान्नलाई घरसम्म पुर्याउन यातायातको व्यवस्था गरिएको थियो ।

hiv-axay

लकडाउनका कारण बिधालय नलागेकोले शैक्षिक सामग्री भन्दा यो अवस्थामा दैनिक गुजाराको लागि खाद्यान्न आवश्यक देखिएकोले खाद्यान्न प्रदान गरिएको अध्यक्ष खड्काले बताए । अर्को पटकदेखि स्कुल लागेको अवस्थामा शैक्षिक सामग्री नै बितरण गरिने उनले बताए । कार्यक्रममा अग्रज लेखक तथा पत्रकार जनकऋषि राई, समुहका उपाध्यक्ष रोमन राई , समुहका पदाधिकारी हरुको उपस्थित रहेको थियो । दशै, तिहार र छठ पर्वको शुभकामना पनि आदानप्रदान गरिएको थियो । कोषमा हाल ५ लाख ८४ हजार ८ सय ५० रुपैया रहेको छ। हरेक ६र६ महिनामा ब्याज रकमले समुहको मातहतमा रहेको बालबालिकालाइ शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ ।