धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी ४ का ७९ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतकलाई पहिलादेखि नै उच्च रक्तचाप र मृगौलाको समस्या रहेको थियो ।

मृतकलाई कार्तिक ६ गते संक्रमण पुष्टि भएको थियो भने कोभिड अस्पतालमा आज(आइतबार) नै भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरिने पनि प्रतिष्ठानले जनाएको छ ।