धरान: धरानमा भाउजुलाई डर, धम्की देखाएर जर्बजस्ती करणी गर्ने एक देवर पक्राउ परेका छन् भने अर्का देवर फरार भएका छन् ।

धरान १६ निवासी पीडित महिलालाई जर्बजस्ती करणाीको आरोपमा प्रहरीले धरान १५ का देवर नाता पर्नेलाई पक्राउ गरेको हो । यस्तै, पीडित महिलाको आफ्नै देवर भने फरार भएका छन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पीडित महिलाले जाहेरी दिएपछि एक देवरलाई पक्राउ गरिएको हो । अर्का देवर  भने फरार रहेका छन् ।

पीडित महिलाका अनुसार करिब एक, डेढ बर्षदेखि नै देवरहरुले उनलाई जर्बजस्ती करणी गरिरहेका थिए । डर, त्रास देखाएको हुनाले अरुलाई भन्न नसकेको पीडितको भनाई छ । घटनाबारे परिवारले थाह पाएपछि छलफलसमेत भएको र पीडितकी माइतीका आमाले थाह पाएपछि प्रहरीमा जाहेरी दिएको डिएसपी बस्नेतले बताए । ‘शुरुमा घरकै देवरले जर्बजस्ती गरेको रहेछ । त्यसपछि त्यसपछि देवर नाता पर्नेले उसले भनेको भन्दै ब्लाकमेल गरेर जर्बजस्ती गरेको भन्ने छ,’डिएसपी बस्नेतले भने,‘अनुसन्धान भइरहेको छ ।’