धरान: कोरोना संक्रमितहरुलाई प्लाज्मा थेरापी उपचारको लागि रगत अभाव भएपछि आज विराटनगरमा प्रहरीहरुले सामुहिकरुपमा रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा कोरोना पोजेटिभ भएर निको भएका १८ जना प्रहरीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको बिशेष आग्रहमा रक्तदान कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रक्तदान कार्यक्रम विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजना भएको थियो ।

कोरोना संक्रमणको उपचार, प्लाजमा थेरापी पद्दतीको लागि एन्टिबडी(गरत)को आवश्यकता परेको रेडक्रसबाट जानकारी आएपछि रक्तदान कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यलयमा कार्यरत कोभिड १९ पोजेटिभ भएर निको भएका १८ जनाले रक्तदान गरेका छन् । 'कोरोना संक्रमण निको भएर ४० दिन नकटेका १८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरे,'डिएसपी राईले भने ।

blood-d

कोरोना संक्रमितहरु सिकिस्त भएपछि ज्यान बचाउनको लागि गरिने एक उपचार विधि हो, प्लाज्मा थेरापी । एन्टिबडिले भाइरसलाई मारेर मानिसको ज्यान बचाउने काम गर्छ । शरीरले रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) उत्पादन गर्न नसकेपछि संक्रमितको स्वास्थ्य गम्भीर हुन्छ । त्यो बेला संक्रमण निको भएका व्यक्तिको शरीरमा भएको एन्टिबडि सिकिस्त अवस्थामा भएका संक्रमितलाई प्लाज्मा थेरापीमार्फत दिइने गरिन्छ । त्यसैको लागि संक्रमणमुक्त भएका व्यक्तिहरुको रगत आवश्यक परेको हो ।blood