धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा घरमा नै तत्काल अक्सिजन सेवा उपलब्ध गराउने उद्देश्यले धरानको ८ नम्बर वडा कार्यालयले पनि अक्सिजन मेशिन खरीद गरेको छ ।

अस्पतालमा आइसियु बेड मात्र होइन, अक्सिजन पाउन पनि समस्या हुन थालेपछि वडा कार्यालयहरु आफैले अक्सिजन मेशिन खरीद गर्न थालेका हुन् । यसअघि पनि वडा नं १४ ले अक्सिजन मेशिन खरीद गरिसकेको छ । न्यायिक समिति सदस्यसमेत रहेकी वडा नं ८ की सदस्य सावित्रा परियारका अनुसार इलेक्ट्रिक अक्सिजन मेशिनसहित अन्य स्वास्थ्य सामग्रीहरु पनि खरीद गरिएको छ । ‘बच्चालाई वाफ दिने मेशिन छ । थर्मोमिटर, अक्सिमिटरहरु पनि छन्,’उनले भनिन्,‘होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई साह्रो, गाह्रो हुँदा अस्पतालमा तत्काल बेड नपाएर धेरै समस्या भइरहेको छ, त्यो अवस्थामा कम्तीमा घरमै अक्सिजन दिएर ज्यान बचाउन सकियोस् भनेर मेशिन किनिएको हो ।’

waa-8

वडा कार्यालयका अनुसार अढाई लाख बढी रकममा स्वास्थ्य सामग्रीहरु खरीद भएको छ । अक्सिजन मेशिनले आवश्यक परेको होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई घरमै पुगेर सेवा दिइनेछ । त्यसको लागि स्वास्थ्यकर्मीहरुलाई पनि पठाइनेछ । ‘बच्चालाई वाफ दिने मेशिन वडामै रहन्छ, र यहीबाट सेवा दिइन्छ । अक्सिजन मेशिन चै जो संक्रमितलाई आवश्यक परेको हो, त्यो घरमा नै लगेर सेवा दिइन्छ,’महिला सञ्जालकी अध्यक्ष एवं कोभिड उपचार व्यवस्थापन समिति सदस्य चेतना सेरेङले भनिन् ।

व्यवस्थापन समिति गठन

waa-8-oxi

कोभिड १९ लाई लक्षित गरेर अक्सिजन मेशिनसहित अन्य स्वास्थ्य सामग्री खरीद गरेको ८ नम्बर वडा कार्यालयले उपचार व्यवस्थापन तथा मेशिन सञ्चालनको लाग एक समिति पनि गठन गरेको छ । आज बिहान सर्वपक्षीय बैठक बसेर वडा सदस्य तथा न्यायिक समिति सदस्य सावित्री परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा महिला सञ्जालकी सदस्य चेतना सेरेङ, नेकपाबाट लक्ष्मण दास, कांग्रेसबाट हेमन्त लिम्बु, जनता समाजवादी पार्टीबाट भगिराज लिम्बु, राप्रपाबाट नविन पराजुली र आधारभुत सहरी स्वास्थ्यबाट शुसिला राई सदस्य रहेका छन् । समितिले अक्सिजन मेशिनलगायत आवश्यक सामग्रीहरु कसरी सञ्चालन गर्ने भनेर निर्देशिकासमेत तयार गरेको जनाएको छ ।

wada-8,