एजेन्सी: बिहार विधानसभा निर्वाचनमा नितिशकुमारको जनता दल युनाइटेड र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले पुर्ण बहुमत पाएको छ ।

चुनावी मतपरिणाम अनुसार एडिए गठबन्धनले १ सय २५ सिट पाएको छ । विहार विधानसभामा २४३ सिट रहेको छ । एनडिएको कडा प्रतिस्पर्धी लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको जनता दल युनाइटेड र कंग्रेस सम्मिलित गठबन्धनले १ सय १० सिट मात्र पाएको छ । जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताएका छन्। 'बिहारमा जनता-जनार्दनको आशिर्वादले फेरि एकपटक लोकतन्त्रले विजय प्राप्त गरेको छ। विजेपीसँगै एनडिएका सबै कार्यकर्ताले जुन संकल्प-समर्पणभावका साथ काम गरेको त्यो अभिभूत गर्ने किसिमको छ। म कार्यकर्तालाई बधाई दिन्छु र बिहारका जनतालाई हृदयदेखि आभार प्रकट गर्छुु,' उनले ट्विट गरेका छन्।

बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले ७० सिट जित्दै सबैभन्दा ठुलो पार्टी भएको छ । तेजश्वी यादव नेतृत्वका राष्ट्रिय जनता दलले ७५ सिट जितेको छ भने नितिशकुमारको जनता दल युनाइटेडले ४३ सिट जितेको छ । यस्तै कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ र हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जित हासिल गरेको छ। एडिएले बहुमत पाएसँगै नितिश कुमार सातौं पटक मुख्यमन्त्री हुने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठुलो पार्टी भाजपा भएपनि गठबन्धनको नेतृत्व नितिशकुमारले गरेका थिए । त्यसैले भाजपाका नेताहरु पनि नितिशकुमार नै मुख्यमन्त्री हुने बताइरहेका छन् ।