हङकङ: हिजो राती जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा भएको आगलागीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। अन्य एक दर्जन घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुने र घाइतेहरु अधिकांश नेपाली भएको बताइएको छ । मृत्यु हुनेमा १० बर्षीय बालकसमेत रहेको बताइएको छ । नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नाम गरेको रेष्टुरेण्टमा आगलागी भएको हो । नेपालीको एक समूहले बर्थ डे पार्टी मनाई रहदा आगलागी भएको बताइएको छ । तर, आगलागीको कारण भने प्रष्ट भइसकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।
घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा उपचारको लागि लगिएको थियो । घाइतेहरुलाई अचेत अवस्थामा अवस्थामा उद्दार गरिएको थियो । अन्य केही घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ। आगो फैलदै गएपछि थुप्रै विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरुको भनाई छ । गोपनीयताको कानुनले गर्दा सरकारी अधिकारीहरुले नाम सार्वजनिक नगरेको हङकङमा रहेका पत्रकार एवं अभियन्ता देवराज राईले जानकारी दिए । यद्यपी मृतकहरुमा अधिकांश नेपाली रहेको र यो संख्या अझै बढ्न सक्ने उनले जानकारी दिए ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित