काठमाण्डौं: विरामीको उपचारको क्रममा कोरोना संक्रमित भएका नेपालका दुई जना चिकित्सकको निधन भएको छ ।

मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. सुनिल झा र डा. नारायणबहादुर थापा रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार झाको आज बिहान मृत्यु भएको हो भने थापाको हिजो राती उपचारको क्रममा मृत्यु भएको हो । डा.झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएमंका प्राध्यापक समेत हुन् । त्रिवि शिक्षण अस्पतालमा नै उनको उपचारको क्रममा निधन भएको थियो । यस्तै, डा. थापा नेपाल बर्न सोसाइटी र इशान हस्पिटलका अध्यक्ष हुन् ।doc-death