धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि रुटिन ओ. टि. (शल्यक्रिया) सेवा सुचारु गर्ने भएको छ ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले आज एक सुचाना जारी गर्दै ओटी युजर्स कमिटिले मंसिर ७ गतेदेखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इर्मजेन्सी र सेमी इर्मजेन्सी प्रकृतिका अप्रेसनहरु मात्र गरिरहेको थियो ।

सहायक अस्पताल निर्देशक डा.वरालका अनुसार स्टाफ नर्सहरुमा ठुलो संख्यामा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव भएको थियो । जसले गर्दा एक महिनादेखि रुटिन ओटी सेवा बन्द थियो । पछिल्लो समय प्रतिष्ठानले ७५ जना नयाँ स्टाफ नर्सहरु नियुक्ती गरेकोले ओटी सेवा सुचारु गर्ने निर्णय भएको हो । प्रतिष्ठानमा इर्मजेन्सी र सेमी इर्मजेन्सी ओटीबाहेक ७ वटा रूटिन ओटी रहेको छ । एक महिनादेखि भने दुई वटा रुटिन ओटी मात्र सञ्चालनमा रहेको थियो ।bp-ot