मदन भण्डारी ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समितिमा ५ जना मनोनित

  • प्रकाशित: मंसिर ३, २०७७ / 263 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: मोरंग उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समितिमा पाँच जनालाई सदस्यमा मनोनित गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले सदस्यहरु मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । व्यवस्थापन समिति सदस्यहरुमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्टराई र विशाल आङदेम्वेलाई मनोनित गरेको मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिए । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे ।

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ । व्यवस्थापन समितिमा संवन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग बाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित