झापा: झापाको मेचीनगर नगरपालिका १५ हल्दीवारीबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर पनि वरामद भएको प्रहरीले जनाएको छ । बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाइल २ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ब्राउनसुगरसहित पक्राउ परेका दुवैको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।