उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित १ जना पक्राउ परेका छन् ।

नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोबाट सालकको खबटा वरामद गरेको हो । अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको प्रहरीले जनाएको छ ।

अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका १४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।