प्रदेश १ मा होम आइसोलेसनबाट ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

  • प्रकाशित: मंसिर ५, २०७७ / 251 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित