मोरङको रतुवामाईमा जुवा खेल्ने १६ जना पक्राउ

  • प्रकाशित: मंसिर ६, २०७७ / 285 पटक पढिएको
  • क्लिक धरान
alt

मोरङ: मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।

शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका ८ का ४४ बर्षीय सन्त ब।राई, ३५ बर्षीय सागर बर्तौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

ratuwa

यस्तै, उनीहरुको साथबाट नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ पनि वरामद भएको छ भने कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान पनि वरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाईकल १९ वटा र २ वटा कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित