धरान: रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव भएकोले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए । कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको उनले जानकारी दिए ।

bloo

कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६ औं पटक रक्तदान गर्ने वेलवारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारी जस्तो प्रतिकुल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदान जस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरी सामाजिक दायित्व वहन गरेको भन्दै उच्च प्रशंसा र हार्दिक धन्यवाद एवम् आभार व्यक्त गरे ।

शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नन्दराज राईलगायतको उपस्थिति रहेको थियो ।