वीपीको कोभिड अस्पतालमा झापाका कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित: मंसिर ७, २०७७ / 310 पटक पढिएको
  • क्लिक धरान
alt प्रतिकात्मक तस्बिर

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार झापाको बाहुनडाँगी ४ मेचीनगरका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जानकारी दिएको छ । मृतकलाई मंसिर १ गते कोभिड १९ पुष्टि भएको थियो भने ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि सुचना केन्द्रले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित