धरान: धरानको वडा नं ६ मा पर्ने पाँचकन्या सामुदायिक वन उपभोक्ता समुहले पर्यटन प्रर्वद्धन गर्न पार्क निर्माण गर्ने भएको छ ।

पार्कको नाम पाँचकन्या पार्क राखिएको छ । यो पार्कको डिपिआरसमेत तयार भइसकेको छ । वन समुहका अनुसार करिब ५ बिगाह क्षेत्रफलमा पार्क बन्नेछ । पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर, पिकनिक स्पट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हललगायतका अन्य मनोरञ्जन स्थलहरु पनि हुनेछ । वन समुहका अध्यक्ष रमेश पौडेलका अनुसार धरान उपमहानगरमा समायोजन भएपछि साविक पाँचकन्या गाविसको अस्तित्व हराएको महसुस भएकोले पाँचकन्या पार्कको अवधारणा अघि सारिएको हो ।

पार्कको डिपिआर तयार भइसकेको छ भने बजेटको लागि आवश्यक पहल भइरहेको उपाध्यक्ष मेघराज खत्रीले जानकारी दिए । उनका अनुसार पार्कको कुल लगात ५ करोड बढीको अनुमान गरिएको छ । 'यो पार्क निर्माण भएपछि धरानकै महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्नेछ, पर्यटनको विकास र प्रर्वद्धनमा पनि मद्दत पुग्ने आशा छ,'उनले भने ।

park park2 park3 park4