विप्लवको सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

  • प्रकाशित: मंसिर ७, २०७७ / 229 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सेक्सन कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका ६ स्थित रमाइलो टोलबाट ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । उनी विप्लव समुहको सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरमा विप्लव समुहका कार्यकर्ताहरु बसोबास गरिरहेको सुचनाको आधारमा छापा मारिएको थियो । विश्वकर्माको एक तले पक्की घर खान तलासी गर्दा कोठाभित्र बसिरहेका शेर्पा हतियारसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार शेर्पा ताप्लेजुङको फक्ताङलङे गाउँपालिका २ का बासिन्दा हुन् । उनले क्याट लेखिएको झोलाभित्र लुकाई राखेको हतियार र अन्य सामग्रीहरु फेला परेको थियो । उनको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान भेटिएको छ भने ७.६५ लेखिएको ३ वटा गोली लोड भएके पेस्तोलमा लाग्ने ग्याग्जिन १ थान, पार्टीको दस्तावेज, डायरीलगायत सामग्रीहरु पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित