काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस्तै, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।