झापा: झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ब्राउनसुगरसहित ४ जना पक्राउ गरेको छ । ती मध्ये २ जना धरानका छन् ।

सिदार्थ टोलमा एक घर भाडामा लिएर लागुऔषध बिक्री बितरण गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले छापा मागरेको थियो । आईतवार अपरान्ह ४ बजे प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर छन् भने लागुऔषध खरिद गर्न पुगेका धरान ५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २८ ग्राम ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवाइल ३ थान समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।