झापा: झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो साँझ सवा ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बिएण्डसी अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।