धरान:पुर्वपश्चिम लोकमार्गस्थित बेलबारी नगरपालिका ४ मा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो बेलुकी करिब साढे ५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको १(०२(०४२ प ४२१६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जादै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा को ३९ प ३८०१ नम्बरको मोटरसाइकल चालक बेलबारी ७ का ३७ बर्षीय नविन पौडेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा राती ७ बजेर ८ मिनेटमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही दुर्घटनामा घाइते अर्का मोटरसाइकल चालक धरान १७ का २० बर्षीय प्रमोद राई र पछाडि सवार धरान १७ का २१ बर्षीय विपिन श्रेष्ठलाई वीप्ी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पठाएको प्रहरीले जनाएको छ । घाइते प्रमोदको अवस्था गम्भीर रहेको छ । यस्तै, अर्का घाइते बेलबारी नगरपालिका ७ का २६ बर्षीय मनोज विष्टको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

यस्तै, पुर्वपश्चिम लोकमार्गमा पर्ने पथरी शनिश्चरे नगरपालिका २ जयचोकमा मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा मोटरसाइक चालक गम्भीर घाइते भएक थिए । झापाको मेची नगरपालिका ९ का ३२ बर्षीय मोटरसाइकल चालक मुकेशप्रसाद पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुकी ६ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आइरहेको को १ ख ६८३१ नमबरको बस ठक्कर खाएको थियो । बस चालक, बस र मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।