धरान: जिल्ला प्रहरी कार्यालय मोरङले मिक्लाजुङबाट एक व्यक्तिलाई बन्दुक र बारुदसहित पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका १ सिलिलिङका ५८ बर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । श्रेष्ठले हतियार लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा हिजो दिउँसो सवा ३ बजे प्रहरीले खानतलासी लिएको थियो । उनको घरबाट १२ बोरको टोटा बन्दुक एक थान, खाली खोका ३ थान र अन्दाजी ५ सय ग्राम बारुद वरामद भएको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर हातहतियार खरखजना मुद्दामा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।