धरान: सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित २ युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी गाउँपालिका १ लौकही चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी ७ का १९ बर्षीय जुवेर आलम र १९ बर्षीय नियादुद्दिन मियाँ रहेका छन् । दुवैको साथबाट डाइलेक्स डिसि १०० एम.एल.को ४४ बोतल वरामद भएको छ भने स्मास्मो प्रोक्सिभन २८८ क्याप्सुल र नाइट्राभेट १० लेखिएको १९९ ट्याब्लेट पनि वरामद भएको प्रहरीले जनाएको छ । हिजो पक्राउ परेका उनीहरुलाई लागुऔषध ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।