सुनसरी: सुनसरीको देवानगंजबाट अवैधरुपमा ल्याइएको मटर प्रहरीले वरामद गरि भन्सारमा बुझाएको छ ।

देवानगञ्ज गाउँपालिका वडा नं २ स्थित दिव्यज्योति विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कुलको कोठाबाट १२० बोरा सेतो मटर प्रहरीले वरामद गरेको हो । स्कुलमा सेतो मटर अवैधरुपमा राखेको बिशेष सुचनाको आधारमा प्रहरी स्कुल पुगेको थियो । प्रहरीले सेतो प्लाष्टिकको बोरामा बजार मुल्य ६ लाख बराबरको मटर वरामद भएको जनाएको छ । उक्त मटर भारतबाट चोरी पैठारी गरेर ल्याएको प्रहरीको भनाई छ । प्रहरीले वरामद मटरलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ ।