धरान: धरानको वडा नं १५ स्थित दिपेन्द्र बस्तीमा एक घरमा आगलागी भएको छ ।

मिलन चोकदेखि केही पुर्व रहेको बस्तीमा रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय, दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागी भएको घर काठको रहेको थियो । विजुली सर्ट भएर आगलागी भएको र स्थनीयले तत्काल थाह पाएर निभाउन पहल गरेकोले चाडै नियन्त्रणमा आएको डिएसपी बस्नेतले बताए । क्षतिको पुर्णविवरण आउन भने बाँकी छ ।