मोरङ: बिराटनगर महानगरपालिका वडा नं १३ कोशी प्रोजेक्ट अगाडिको तालिम केन्द्र भित्री सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करले साईकल यात्री करिब ६०/ ६५ का रतन साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाइएको थियो । उनको उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २९ बर्षीय देबी प्रसाद अधिकारी र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected].com
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित