धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज ४ का ५० बर्षीय पुरुष छन् । दीर्घरोग भएका उनको हिजो दिउँसो सवा १२ बजे मृत्यु भएको हो । तर, उनको मृत्यु बारे प्रतिष्ठानले आज बिहान मात्र औपचारिक जानकारी दिएको हो । मृतकलाई मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको पनि सञ्चार केन्द्रले जनाएको छ ।