विराटनगर: नेपालमा प्रतिबन्धित रहेको औषधी अवैधरुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका १३ सैनिक टोलका ३६ बर्षीय नरेश यादवलाई प्रहरीले प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । उनको घरको पछाडि कम्पाउण्डभित्र राखेको अवस्थामा प्रहरीले ठुलो परिणाममा प्रतिबन्धित औषधी फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार यादवको घरबाट अफ्रिडोल इन्जेक्सन, एम.प्रिसोजल इन्जेक्सन, सिटिकोलिन इन्जेक्सन, रेमडिसिभर, डक्सिसाइक्लिनलगायत विभिन्न १४ प्रकारका औषधीहरु वरामद गरेको जनाएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर बुझाइएको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले बताए ।