धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेल नियुक्त भएका छन् ।
प्रतिष्ठानको एनेटोमी विभागका सहप्राध्यापक डा. पोखरेललाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सहप्रवक्तामा नियुक्त गरेका हुन् । सहप्रवक्तामा नियुक्त डा. पोखरेल सन् २०१६ देखि एनेटोमी विभागमा कार्यरत छन् ।
डा. पोखरेल २००६ ब्याचका बिडिएस विधार्थी हुन् । बिडिएस अध्ययन पछि २०१३ मा एनेटोमी अध्ययन गरेर २०१६ मा पासआउटका थिए । सोही बर्षदेखि उनले विभागमा कार्य थालेका थिए । यसअघि प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटा र सहप्रवक्ता डा.आशिष श्रेष्ठले राजिनामा दिएपछि प्रवक्ताको कार्यालय रिक्त रहेको थियो ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित