धरान: धरान ३ नं वडा माछाभौडीस्थित खाली जग्गामा वडाका युवाहरु मिलेर व्याडमिन्ट कोर्ट निर्माण गरेका छन् ।
साविक युवा संघ धरान उपमहानगर कमिटि सदस्य एवं ३ नं वडा युवा इन्चार्ज साइमन श्रेष्ठ (जन्जु) र विक्रम श्रेष्ठको पहलमा कोर्ट निर्माण भएको हो । साविक युवा संघ आर्थिक विभाग केन्द्रिय सदस्य दीपक वनेपाली, नेकपा ३ वडा कमिटि अध्यक्ष सुयोग पाख्रिन, युवा संघ नेता राजेन्द्र राईलगायत स्थानीयको उपस्थितिमा सोमबार कोर्टको उद्घाटन गरिएको थियो ।
स्वास्थ्य रहनका लागि खेलकुद महत्वपुर्ण रहेको र युवाहरुलाई यसतर्फ अभिप्रेरित गर्नको लागि व्याडमिन्टन कोर्ट निर्माण गरिएको साइमन श्रेष्ठ जन्जुले जानकारी दिए । करिव ७५ हजार रुपैया लागतमा माछा भौडी छेउ व्यक्तिको नाममा रहेको खाली जग्गा लिजमा लिएर खेल मैदान निर्माण गरिएको उनले वताए । चाडै प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको श्रेष्ठले जानकारी गराए ।