धरान: वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न युवा उदयीमान गायक सन्देश बम्जन लामालाई भोटिङको लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

धरानका गायक लामा सुनसरीकै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहबाट लामालाई वाइवाइ नेपाल स्टार विजेता बनाउन सहयोग जारी छ । यसैवीच नेपाल तामाङ घेदुङले पनि लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया सहयोग प्रदान गरेको छ । घेदुङले लामालाई विजयी गराउन वडास्तरवाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ ।

नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिकरुपमा रकम जम्मा गरी सहयोग गर्न आग्रह गरेको छ । प्रत्येक शनिवार राती ८ः५० देखि विहिवार राती १२ बजेसम्म NS13 टाइप गरी ३३००१ मा एसएमएस गर्न समेत घेदुङले स्वदेश तथा विदेशमा रहेका महानुभावहरुलाई आग्रह गरेको छ ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, जिल्ला उपाध्यक्ष पृथ्वीवहादुर मोक्तान, धरान नगर अध्यक्ष पे्रम वाइवा, नगर सहसचिव सुर्यवहादुर घिसिङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, पूर्व नगर अध्यक्ष तारा लामा, ८ नं. अध्यक्ष सरणबहादुर बम्जन, १५ नं. अध्यक्ष टंक योञ्जन, नगर सदस्यद्धय चित्र पाख्रिन र रणमाया घिसिङ, नगर सल्लाकार जीतबहादुर पाख्रिन, युवा घेदुङका सचिव हर्कवहादुर योञ्जन, गायक लामाका वुवा पशुपति बम्जन लामा, अभियानकर्मी रोहन केसी लगायतको उपस्थिति रहेको थियो ।