सुनसरी: सुनसरीको कोशी गाउँपालिकामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गए राती करिब साढे ८ बजे कोशी गाउँपालिका ४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।