धरानः सुनसरीका ९ जना पत्रकारहरलाई कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

प्रेस युनियन सुनसरीले धरानको सेक्ष होटलमा एक कार्यक्रम आयोजना गरि दोस्रो चरणको कोरोना बीमा वापतको रकम पत्रकारहरुलाई उपलब्ध गराएको हो । युनियनले धरानका पत्रकारहरुलाई १ लाख बराबरको कोरोना वीमा गराएको थियो । सोही अनुसार संक्रमण पुष्टि भएर निको भइसकेको सुनसरीका पत्रकारहरुलाई आज एक–एक लाखको चेक हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनीबीच कोरोना वीमा सम्झौता भएको थियो । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार निर्मल कार्की, सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी, शिशिर राई, संजीता धमला र भारतराज शर्मा(गोपाल)लाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

patrakar1

बिमा ब्यावस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी, पुर्वअध्यक्षहरु गणेश निरौला, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलगायतले प्रेस युनियनले गरेको कार्यको प्रशंसा गरेका थिए । युनियनका अध्यक्ष अधिकारीले आगामी दिनमा पनि पत्रकारहरुको हकहितमा थुप्रै काम गर्ने योजनाहरु सुनाए ।