धरान: सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चोकमा नेपाली सेनाको वानटनले ठक्कर दिदा मोटरसाइकल मोटरसाइकलको मृत्यु भएको छ ।
आज मध्याह्न साढे १२ बजे सेनाको बा १ ग १९८१ नम्बरको वानटनले मोटरसाइकललाई ठक्कार दिदा चालकको मृत्यु भएको थियो । मोटरसाइकल चालकको मृत्यु भएपछि सेनाको गाडी चालक धरान १७ का ३७ बर्षीय मनिष राज राई प्रहरी नियन्त्रणमा छन् । सुर्य दलगण विराटनगरबाट अदली बदली गर्न भैरवदल गण ललितपुरको लागि हिडेको वानटेनले सोही दिसामा गइरहेको स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सेनाको वानटेनमा ३२ जनाको टोली थियो । ठक्करबाट मोटरसाइकल चालक अग्निसाईर कृष्णसवरण गाउँपालिका २ का ६५ बर्षीय रामचन्द्रप्रसाद चौधरी घाइते भएका थिए । उनलाई उचपारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । मृतकको शव गजेन्द्र नारायणण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।