धरान: नेवार एकता समाजको ८ औं बार्षिकोत्सवको अवसरमा धरानमा शनिबार रक्तदान कार्यक्रम आयोजना भएको छ ।
समाजको वडा नं ३ समितिको आयोजनामा चीनीया चोकमा रक्तदान कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा २१९ पिन्ट रगत संकलन भएको समाजको धरान नगर सचिव हिमाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार वीपी प्रतिष्ठानमा उपचारमा आउने विरामीहरुलाई आवश्यक रगत सहजरुपमा उपलब्ध गराउने उद्देश्यले रक्तदान गरिएको हो ।
समाजको ३ नम्बर समितिका अध्यक्ष गंगाप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमका संयोजक धिरज मानन्धर थिए । यसपाली समाजले विभिन्न वडाहरुमा अलग अलग रक्तदान कार्यक्रम आयोजना गर्ने पनि नगर सचिव श्रेष्ठले बताए । कोभिडले गर्दा रोकिएको समाजको गतिविधिहरु अब निरन्तर सुचारु हुने पनि उनले बताए ।