धरान: आज बिहानै धरानमा एक वृद्धाले घरमा नै झुण्डिएर आत्महत्या गरेकी छिन् ।

धरान १५ श्यामचोक नजिकै घर भएकी ७७ बर्षीया शान्तिदेवी मोक्तानले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले घरको एक तलामाथि रेलिंगमा आफ्नै पटुकीले पासो लगाएकी थिइन् । यो घटना बिहान करिब पौने ५ बजेतिरको घटना हो । स्थानीयका अनुसार नातिनीले वृद्धालाई रेलिंगमा झुण्डिएको देखेपछि खुट्टामा समातेर उचालेकी थिइन् भने वृद्धाको छोराले रेलिंगमा पासो(पटुकी) काटेका थिए । तर, त्यसबेलासम्म वृद्धाको ज्यान गइसकेको पाइएको स्थानीय युवा ललित योञ्जनले बताए ।

अहिले इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली घरमा पुगेर सर्जमिन मुचुल्का गरिरहेको छ । 'इन्स्पेक्टर साब जानु भएको छ, मुचुल्का हुदैछ,'डिएसपी ज्ञानेन्द्र बस्नेतले भने । सर्जमिन मुचुल्का गर्न पुगेका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक आफ्नै छोरीको साथमा सुतेकी थिइन् । बिहानै टोइलेट जान निस्केकी वृद्धाले माथिल्लो तलाको रेलिंगमा पटुकीले बाँधेर हाम्फलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतक वृद्धाको श्रीमान् श्री मोक्तानको पनि करिब डेढ बर्षअघि निधन भएको थियो । श्रीमान् मोक्तान पञ्चायतकालमा परिचित राजनीतिकर्मी एवं समाजसेवी थिए ।
मृतक वृद्धाको श्रीमान् श्री मोक्तानको पनि करिब डेढ बर्षअघि निधन भएको थियो । श्रीमान् मोक्तान पञ्चायतकालमा परिचित राजनीतिकर्मी एवं समाजसेवी थिए ।