धरान: धरान १० पुतलीलाइनस्थित पञ्चासे आयुर्वेद फर्माका प्रोपाइटर सुजन तिम्सिनाले शनिवार आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएका छन् ।
तिम्सिनाले धरान ४ वसन्तटारमा रहेको पवित्र वाल आश्रामलाई खाद्यान्न वितरण गरेका छन् भने घाइते भएका प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्ग उपचार्थ एक हजार ५ सय पचपन्न रुपैया सहयोग गरेका छन् । उनले सहयोग रकम बास्केटवल खेलका राष्ट्रिय प्रशिक्षक एवं प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङलाई आइतवार हस्तान्तरण गरेका थिए भने आश्रममा रहेका दश जना वालवालिकालाई विहानको खाना समेत खुवाएका छन् ।
लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका गुरुङ्गको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भइसकेको छ । उनले अझै करिव ६ महिना लामो थेरापी गर्नपर्ने चिकित्सकको भनाई छ । थेरापी सफल भए गुरुङ्ग व्यवसायीक रुपमा खेलमा फर्कन सक्ने चिकित्सकले बताएका छन् ।
दुई वर्ष अघिदेखि संचालनमा आएको पञ्चासे आयुर्वेद फर्माले हरेक महिनाको पहिलो शनिबार काठमाण्डौँबाट आएका वरिष्ठ तथा अनुभवि डाक्टरद्वारा उपचार सेवा प्रदान गरिने प्रोपाइटर तिम्सिनाले बताए । यहि माघ ३ गते शनिबार समेत उपचार सेवाका लागि काठमाण्डौँबाट डाक्टर आउने जानकारी दिएका छन् ।