धरान: नेपाल भारत सिमानामा पर्ने सुनसरीको कोशी गाउँपालिका ८ बाट भन्सार छली छलेर ल्याएको बोइलर कुखुरा पक्राउ गरि नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्सार तथा क्वारेन्टाइन छलेर भारतबाट ल्याइएको ७४ थान कुखुरा पक्राउ गरिएको थियो । प्रहरीका अनुसार ती कुखुरा कुल २३० केजी रहेको थियो भने बजार मुल्य ४६ हजार बराबर रहेको थियो । ती कुखुरा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयले जिल्ला पशु कार्यालयका अधिकृतलगायतको उपस्थितिमा खाडल खनेर पुरेको पनि प्रहरीले जनाएको छ ।