प्रदेश १ मा १५ जना संक्रमित थपिए, कुल संक्रमित संख्या ३० हजार पुग्यो

  • प्रकाशित: पुष २७, २०७७ / 215 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ ।

आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र ते¥हथुमको फेदाप १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ । प्रदेश १ मा आज २७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित