धरान: एकता दिवस तथा संस्थाको निवर्तमान अध्यक्षको जन्मदिनको अवसरमा धरान राउण्ड टेवलले धरान १७ स्थित सम्यक शिक्षा आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले सोमबार विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपी र ज्यामिति बक्स वितरण गरेको हो । धरान राउण्ड टेबल २६ का निर्वतमान अध्यक्ष लक्ष्मीकान्त वियानीको जन्मदिनको अवसरसमेत पारेर सम्पूर्ण विद्यार्थीहरुलाई खाजाको साथै कपी र ज्यामिति बक्स उपलब्ध गराएको हो । कार्यक्रममा विद्यालयमा भएको तीन दिने खेलकुद प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण पनि गरिएको थियो ।सो कार्यक्रममा नेपालको राष्ट्रिय झण्डको झण्डोतलन पनि गरिएको थियो ।

round1

कार्यक्रम धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पञ्चायत आधारभूत विद्यालय धरान १६ का प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, पत्रकार तिर्थ कार्की अतिथि रहेका थिए भने कार्यक्रम सञ्चालन धरान राउण्ड टेबलका उपाध्यक्ष कृष्ण अटलले गरेका थिए ।